जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ग्लोबल आईएमई र जनता बैंकले दिए अधिकतम बाेनस

ग्लोबल आईएमई र जनता बैंकले दिए अधिकतम बाेनस

ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५.५ प्रतिशत लाभांश दिने घोषणा गर्यो । ग्लोबल आईएमई बैंकसँग मर्जरका लागि समझदारी गरेर राष्ट्र बैंकबाट एलओआई समेत पाइसकेको जनता बैंकले भने १२ प्रतिशत लाभांश घोषणा गर्यो ।

दुबै बैंकले प्रस्ताव गरेकाे लाभांश दर उनीहरूकाे इतिहासका सर्वाधिक हाे । गत वर्षकाे नाफाबाट दुबै बैंकले आफ्ना सेयरधनीलाई सक्दाे बढी लाभांश दिने सहमति मर्जरकाे सहमतिकाे समयमा नै भएकाेले सहमित अनुसार नै लाभांश वितरणकाे निर्णय भएकाे  जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बताए ।

दुई बैंकले घाेषणा गरेकाे लाभांश दरले पनि समझदारीलाई समर्थन गरेकाे छ ।  ग्लोबल र जनता दुबैले नगद लाभांश र बोनस शेयरको हिस्सा ५०/५० प्रतिशत छ । २५.५ प्रतिशत नगद लाभांश दिएको ग्लोबल आईएमई बैंकले १२.७५ प्रतिशत बोनस दिँदा जनता बैंकको १२ प्रतिशत लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ ।

ग्लोबल आईएमई र जनता बैंकबीच १००ः८५ अनुपातको स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो । तर यो लाभांश घोषणापछि यो हिस्सा १००ः८० मा झर्छ । अर्थात् बराबर शेयरसंख्या रहेका दुई शेयरधनीबीच तुलना गर्ने हो भने ग्लोबल आईएमई बैंकका शेयरधनीले १०० कित्ता शेयर पाउँदा जनता बैंकका शेयरधनीले ८० कित्ता मात्रै शेयर पाउँछन्, यहाँ करिब ५ रुपैंयाको फरक बोनस शेयरको भिन्नताका कारण भएको हो ।

अर्कोतर्फ, नगद लाभांश समेत ग्लोबल आईएमईका शेयरधनीले बढी पाउने अवस्था छ । लाभांश वितरण पछिमात्रै मर्जरमा जाने भएकोले नगद लाभांशको असर प्रत्यक्ष रुपमा नदेखिन सक्छ तर बोनस शेयरले भने शेयर संख्यामा प्रत्यक्ष रुपमा असर पार्छ । तर पनि जनता बैंकबाट ६ प्रतिशत नगद पाउँदा ग्लोबल आईएमईका शेयरधनीले १२.७५ प्रतिशत नगद लाभांश पाउने अवस्था हुन्छ, यसले मर्जर सहमति भई कारोबार रोक्का भएको दिनको तुलनामा जनता बैंकको वास्तविक स्वाप रेसियो ७५ रुपैंयाभन्दा पनि कम हुन जान्छ ।

जनता बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३२ करोड रुपैंया खुद नाफा गरेको थियो । ८ अर्ब १ करोड मात्रै चुक्तापुँजी भएको जनताले १२ प्रतिशतका दरले लाभांश दिँदा करिब ९६ अर्ब १२ करोड रुपैंयाँ बराबरको लाभांश दिएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड ६८ लाख रुपैंया नाफा कमाएको र उसकाे १० अर्ब ३१ करोड रुपैंया चुक्ता पुँजी भएको बैंकले २५.५ प्रतिशतको दरमा जम्मा २ अर्ब ६२ करोड रुपैंया बराबरको लाभांश बाँडेको छ ।

यो नाफा लेखापरीक्षण नगरिएको वित्तीय विवरणमा आधारित हो । यो नाफा अनुसार ग्लोबल आईएमईले कुल नाफाको करिब ९५ प्रतिशत बाँड्दा जनताले भने करिब ७३ प्रतिशत मात्रै नाफा वितरण गरेको छ ।

जनता बैंक नेपाल प्रस्तावित लाभांश सहित वार्षिक प्रतिवेदन राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले जानकारी दिए । ग्लाेवल आईएमई बैंक भने राष्ट्र बैंककाे स्वीकृतिकाे प्रतिक्षामा रहेकाे छ ।

ग्लाेवल आईएमई बैंककाे वार्षिक प्रतिवेदन स्वीकृत पछि डीडीए रिपाेर्टलाइ अन्तिम दिइने छ । डीडीएकाे  रिपाेर्टले १००ः८५ स्वाप रेसियाे अनुपात गर्ने समझदारीलाई समर्थन गरेकाे स्राेतले बतायाे । डीडीएसँगै दुबैं बैंकले एकै दिन साधारणसभा बाेलाउने भएका छन् ।

12930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका