जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • काठमाडौंका विभिन्न संघ संस्थामा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौंका विभिन्न संघ संस्थामा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरु संग समन्वय गरी विशेष छुट दिने सम्बंधमा सम्झौता गरेको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन ।

बैंकका ग्राहकहरुले नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. र समाज डेन्टल हस्पिटल प्रा.लि., बौद्ध, काठमाडौंमा अवस्थित उत्पला क्याफे र बसुन्धरामा अवस्थित चिरायू नेस्नल हस्पिटल एण्ड मेडिकल इन्टिच्यूटका सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

यसअघि पनि बैंकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्था संग समन्वय गरि ग्राहकहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आएको छ जसमा बैंकका कार्डबाहक ग्राहकहरुले भारत गँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल र भारतमै अवस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडमा विशेष छुट प्राप्त गर्दै आएका छन । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

3130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?