जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • बीवाईडी गाडी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनमा कर्जा दिने

बीवाईडी गाडी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनमा कर्जा दिने

बीवाईडी गाडी किन्नलाई ग्लोबल आइएमई बैंकले सहजरुपमा कर्जा दिने भएको छ।

यस सम्बन्धमा बैंक र बीवाईडीको आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकबीच सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र साइमेक्स इंकका सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरे।

बीवाईडी गाडी खरिद गर्न चाहने नेपाली नागरिकले आवश्यक कागजातसहित आफ्ना शाखा कार्यालयमा निवेदन दिएपश्चात उचित ग्राहकलाई ३ दिनभित्र सहजरुपमा कर्जा प्रवाह गर्ने बैंकले आइतबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ।

ग्रिन फाइनान्सिङ प्रवर्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।

2055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका