जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बैंकिङ कसुरमा ५ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुरमा ५ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका–५ बस्ने दलबहादुर तामाङको छोरा वर्ष ५३ को रविन्द्र लामालाई पक्राउ गरेको हो।

राजिव महर्जनको जाहेरीले लामालाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २ दिन कैद र ५ लाख जरिवाना र क्षतिपूर्ती बापत पीडित राहत कोषमा २० हजार जम्मा गराउने भनि २०७६ कात्तिक १९ गते फैसला भएको थियो।

फरार रहेका लामालाई अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा यही जेठ ३२ गते नागार्जुन–५ सरनपुरबाट पक्राउ गरेको हो। उनीविरुद्धको फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

3765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्