जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ज्योति विकास बैङ्कको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश बराल

ज्योति विकास बैङ्कको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश बराल

ज्योति विकास बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश बराल बढुवा भएका छन् । यस अघि नायव प्रमुख कार्यकारी अधिकृत रहेका बराललाई बैंकले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

बराल डेढ वर्ष अघि एनआईसी एसिया बैंकबाट ज्योति विकास बैंक आएका थिए। उनीसँग बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव छ ।

बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेकोे अनुभव रहेको छ । यसका साथै, एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । उनी हाल ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको अध्यक्ष पनि हुन् ।

भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका प्रकाश बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका