जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • रास्वपा महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

रास्वपा महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो। ढकाल अब पार्टीको साधारण सदस्यको भूमिकामा मात्र सीमित भएका छन्।

पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो।

उनले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गर्ने निर्णय बैठकले सर्वसम्मतरुपमा गरेको जानकारी दिए।

पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै ढकाललाई जिम्मेवारी मुक्त गर्ने निर्णय गरेको हो। केन्द्रीय समितिले ढकाललाई असार १९ गते महामन्त्रीबाट एक साताका लागि निलम्बन गरेको थियो।

ढकालले पार्टी सञ्चालन र सभापति रवि लामिछानेको कार्यशैलीको कडा आलोचना गर्दै समीक्षा प्रतिवेदन बुझाएका थिए। त्यो प्रतिवेदन प्रत्यक्ष प्रसारण गर्ने गरी प्रस्तुत गर्न पाउनुपर्ने माग उनले राखेका थिए।

तर, प्रत्यक्ष प्रसारण गर्नुपर्ने उनको माग १९ गतेको केन्द्रीय समिति बबैठकले अस्वीकार गरेको थियो। त्यसपछि ढकाल त्यो दिनको बैठकमा विरोधस्वरुप मुखमा कालोपट्टि बाँधेर बसेका थिए। उनले बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन अस्वीकार गरेका थिए भने बैठकपछि पार्टी नेतृत्वबारे खरो प्रतिक्रिया दिएका थिए।

पार्टीले पदमुक्त गरेपछि ढकालले पार्टी नछोड्ने आशयको अभिव्यक्ति दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू रवि लामिछाने क्लबबाट मात्र निष्कासित र पार्टीमा घण्टी बजाउन नछोड्ने उल्लेख गरेका छन्।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिंदैन। रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिंदैन, घण्टी बज्न रोकिंदैन,’ उनले भनेका छन्।

2280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका