जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कृषि उपजको धितोमा कर्जा दिइने, स्टार्टअपमा ऋण लगानी गर्न प्रोत्साहन गरिने

कृषि उपजको धितोमा कर्जा दिइने, स्टार्टअपमा ऋण लगानी गर्न प्रोत्साहन गरिने

नेपाल राष्ट्र बैंकले कृषि उपजको धितोमा कर्जा उपलब्ध गराउने नीति लिएको छ। सरकारले बजेटमा गरेको व्यवस्था कार्यान्वयनका लागि कृषि उपजको धितोमा कर्जा उपलब्ध गराउने नीति लिएको हो।

‘नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने।

यस्तै, सरकारी नीति अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्टार्टअपमा कर्जा लगानी गर्न प्रोत्साहित गर्ने भएको छ। ‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले बताएको छ।

3060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका