जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको “वित्तीय जागरण अभियान”

मुक्तिनाथ विकास बैंकको “वित्तीय जागरण अभियान”

मुक्तिनाथ विकास बैंकले बुधबारदेखि वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९ बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष श्री हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ ।

त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के शाखा अन्तरगतका ग्राहक हरी प्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस्तै,  डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक  घनश्याम अधिकारी प्रमुख अतिथी र अतिथीमा सोही विद्यालयका शिक्षक नरेन्द्र प्रसाद रिजाल रहेका थिए ।

उपरोक्त दुवै कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरुका बारेमा जानकारी गराईएको थियो । त्यस्तै, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकसंग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

मुक्तिनाथ विकास बैंकका हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

8715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका