जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकद्वारा कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानीको पूर्वाधार निर्माण

माछापुच्छ्रे बैंकद्वारा कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानीको पूर्वाधार निर्माण

माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाका लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त पूर्वाधार निर्माण गरेको बैंकले जनाएको छ।

शुक्रबार औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधारहरू विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपश्चात बैंकले विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको जानकारी दिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्‍न स्थानहरूमा विभिन्‍न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका