जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा १० प्रतिशत छुट, रजिष्ट्रेसन शुल्क नलाग्ने

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा १० प्रतिशत छुट, रजिष्ट्रेसन शुल्क नलाग्ने

कुमारी बैंकका ग्राहकले समाज डेन्टल प्रालिमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बैंकले समाज डेन्टलसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले समाज डेन्टलका सबै सेवा केन्द्रले प्रदान गर्ने उपचारमा १० प्रतिशतसम्म छुट पाउनेछन्।

नयाँ वानेश्वर, जावलाखेल, इमाडोल, सनसिटी, बसुन्धरा, सितापाइला, बौद्ध, कौशलटार, राधेराधे र बनेपामा समाज डेन्टलका सेवा केन्द्र छन्।

ती केन्द्रबाट छुट सुविधा लिनका लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्नुपर्नेछ। बैंकका ग्राहकले रजिष्ट्रेसन शुल्क र चिकित्सकको सल्लाह शुल्क तिर्नुपर्ने छैन।

2490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका