जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नाडा अटो शोमा पहिलोपटक गाडी ब्रान्ड मुख्य प्रायोजक, यो पटकको स्पोन्सर टाटा डट इभी

नाडा अटो शोमा पहिलोपटक गाडी ब्रान्ड मुख्य प्रायोजक, यो पटकको स्पोन्सर टाटा डट इभी

 अटो व्यवसायीहरुको सबैभन्दा ठूलो मेला नाडा अटो शोमा यसपालि मुख्य प्रायोजक टाटा हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति बैठकले टाटा डट इभीलाई टाइटल स्पोन्सरका रुपमा छनोट गरेको हो।

नाडाका एक सदस्यका अनुसार टाटा डट इभीलाई मुख्य प्रायोजकका रुपमा छनोट गरेको जानकारी दिए। नाडामा पहिलो पटक गाडी ब्रान्ड नै टाइटल स्पोन्सरमा छनोट भएको हो।

यसअघि नाडा अटो शोमा स्पेयर पार्ट्स, लुब्रिकेन्ट, ब्याट्री कम्पनी मुख्य प्रायोजक हुने गरेका थिए।

नाडा अटो शो आगामी भदौ ११ गतेदेखि भृकुटीमण्डपमा हुँदैछ। नाडा अटो शोमा प्यासेन्जर चारपाङ्ग्रे गाडीका २२, लाइट कमर्सियल गाडीका १३ वटा र दुई पाङ्ग्रे सवारीका ३३ वटा स्टल रहनेछन्। यस्तै बैंक तथा वित्तीय संस्थाले पनि स्टल राख्दैछन्।

2550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका