जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • आइफोनको १६ सिरिज सार्वजनिक, कुनको मूल्य कति तोकियो ?

आइफोनको १६ सिरिज सार्वजनिक, कुनको मूल्य कति तोकियो ?

वहुप्रतिक्षित आइफोनको १६ सिरिज सार्वजनिक भएको छ । विश्व प्रसिद्ध टेक जायन्ट एप्पलले सोमबार राति नयाँ सिरिजका फोन तथा ग्याजेट सार्वजनिक गरेको हो ।

अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्टमा एप्पले आइफनेन १६ सिरिज अन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन प्रो म्याक्स सार्वजनिक गरेको हो ।

आइफोन १६ सिरिजका फोनहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ ।

आइफोन १६ को स्क्रीन साइज ६.१ इन्च, आइफोन १६ प्लसको ६.७ इन्च, आइफोन १६ प्रोको ६.३ इन्च र आइफोन १६ प्रो म्याक्सको साइज ६.९ इन्च रहेको छ ।

आइफोन–१६ को ७९९ डलर, आइफोन–१६ प्लसको ८९९ डलर, आइफोन–१६ प्रो को ९९९ डलर र आइफोन १६ प्रो म्याक्सको ११९९ डलर मूल्य तोकेको छ ।

80
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका