जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सेबोनका कार्यबाहक अध्यक्ष बरालले भने- आइपीओ स्वीकृतिको प्रक्रिया अगाडि बढाएका छौं

सेबोनका कार्यबाहक अध्यक्ष बरालले भने- आइपीओ स्वीकृतिको प्रक्रिया अगाडि बढाएका छौं

 नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यबाहक अध्यक्ष महेश बरालले आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका फाइल अगाडि बढाएको बताएका छन्। उनले आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पाइपलाइनमा रहेका कम्पनीको फाइल अगाडि बढाएको बताएका हुन्। उनले नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीको हकमा भने पर्ख र हेरकाे अवस्थामा रहेको बताए।

‘आइपीओका फाइल अघि बढाएका छाैं। तर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीको सन्दर्भमा पर्ख र हेरकाे अवस्थामा छाैं,’ उनले भने, ‘लामाे समय अध्यक्ष नहुँदा सम्बन्धित विभागमै फाइल राेकिएकाे थियाे। अहिले कम्पनीकाे वित्तीय अवस्था हेरेर अघि बढाएका छौं।’

गत चैतसम्म मात्र ३५ कम्पनीले २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार रुपैयाँको १७ करोड ३ लाख ३४ हजार कित्ता आइपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका थिए। त्यसयता थप निवेदन परेका छन्।

कार्यबाहक अध्यक्ष बरालले लेखा समितिकाे निर्देशनका कारण नेटवर्थ ९० भन्दा कम भएका कम्पनीकाे फाइल अघि नबढेको बताए।

लेखा समितिले केही महिना पहिले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आइपीओ निष्कासन गर्न नदिन सेबोनलाई निर्देशन दिएको थियो। फागुन दोस्रो सातायता आइपीओ निष्कासन हुन सकेको छैन।

2385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका