जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • अर्थमन्त्रीको निर्देशन पछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी

अर्थमन्त्रीको निर्देशन पछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी

आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेप्सेमा पुगेर धितोपत्र सम्बद्ध ३ वटै नियामक निकायलाई पूँजीबजारको विषयमा सुधार गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीले खासगरि सेयर बजारमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग भएको बिषयमा चासो व्यक्त गरेका थिए ।

अर्थमन्त्रीले नेप्सेलाई धितोपत्र बोर्डसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् । यसैबीच धितोपत्र बोर्ड अर्थमन्त्रीको निर्देशनबमोजिक सामाजिक सञ्जालमा भएका अवाञ्छित गतिविधिको निगरानीको लागि छुट्टै समिति बनाउने तयारीमा जुटेको छ । धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीले दिएको जानकारीअनुसार धितोपत्र बोर्डले सामाजिक सञ्जालमा धितोपत्र बजारका बारेमा हुने गलत गतिविधिमाथि निगरानी बढाएको छ । ‘अब हामीले यसलाई हर्ने छुट्टै समिति बनाउने तयारि गरेका छौं,’ प्रवक्ता अधिकारीले जानकारी दिए ।

यस अघि लगानीकर्ताहरुले धितोपत्र बोर्डमा पुगेर सामाजिक सञ्जालको दुरुपयोग गरेर बजार प्रभावित गरेको भन्दै उजुरी दिएका थिए । उक्त विषयमा पनि आज धितोपत्र बोर्डमा छलफल हुने प्रवक्ता अधिाराीले जानकारी दिए ।

धितोपत्र ऐनले दफा ९५ र ९६ मा सेयर खरिद बिक्रीमा प्रभावित गर्ने विषयलाई गैर कानूनी भनेको छ । त्यस्ता गैरकानूनी कार्यको संलग्न भएको प्रमाणित भएमा के कस्तो दण्ड र जरिवाना हुने समेत दफा १०१ मा व्यवस्था गरेको छ । ऐनको दफा १०१ को दण्ड सजाय सम्बन्धी व्यवस्थाको (२) मा “दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्ने उल्लेख छ ।

2000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका