जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • जलविद्युत् र सिंचाइतर्फ करिब ४ अर्ब बराबरको क्षति, मन्त्रीले भने- पूर्वजानकारीले क्षति रोक्यो

जलविद्युत् र सिंचाइतर्फ करिब ४ अर्ब बराबरको क्षति, मन्त्रीले भने- पूर्वजानकारीले क्षति रोक्यो

 ऊर्जामन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामा अढाइ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी गराउँदै यसलाई कम भनेका छन्।

उनले आइतबार पत्रकार सम्मेलन गरी बाढी पहिरोका कारण जलविद्युत् आयोजनातर्फ अढाइ अर्ब र सिंचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए। उनले विपद्‍को पूर्वजानकारीका कारण क्षति कम भएको बताए।

‘जलविद्युततर्फ साढे २ अर्ब र सिंचाइतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको छ। यो क्षति गत वर्षको भन्दा कम हो। गत वर्ष १० अर्बको क्षति भएको थियो। यसपालि पहिले नै जानकारी हुँदा क्षति कम भयो,’ उनले भने।

बाढी पहिरोका कारण निजी क्षेत्रका कम्तीमा २० सहित दुई दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ११७७ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका