जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको बोनसदर घोषणा, ३५ देखि ७० रुपैयाँसम्म पाउने

सानिमा रिलायन्स लाइफको बोनसदर घोषणा, ३५ देखि ७० रुपैयाँसम्म पाउने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ । यस्तै सावधिक जीवन बीमा योजना (रेगुलर)मा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।

सावधिक जीवन बीमा योजना (एकल)मा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधितम बोनसदर ४३ रुपैयाँसम्म रहेको छ ।
यस्तै त्रिपल सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० देखि ३० रुपैयाँ बाेनसदर रहेको छ ।

यस्तै सावधिक तथा आजीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनसदर रहेको छ ।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका