जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • डिसहोमले ल्यायो इन्टरनेटमा बोनससहितको अफर

डिसहोमले ल्यायो इन्टरनेटमा बोनससहितको अफर

डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। चाडपर्वको अवसरलाई लक्षित गरेर अफर ल्याइएको हो।

योजना अन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनस उपलब्ध हुने भएको छ। १२ महिनाको प्याकेज लिँदा थप ३ महिना नि:शुल्क इन्टरनेटको सेवा ग्राहकले पाउने भएका हुन्।

यस्तै, ग्राहकहरुले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन्। ‘लक्की ड्र’ बाट डीएचआइ होम एप्लायन्सका सामानहरु, आइटेल ए६० स्मार्टफोन, मिभि डुओपड्स टी२० एयरबड्स र डिसहोम फोके स्ट्रिमर जित्न सक्नेछन्।

यससँगै, ‘बम्पर लक्की ड्र’ मार्फत एकजनाले डीएचआई होम एप्लायन्सको फ्रन्टलोड वासिङ मेसिन जित्ने अवसर पाउनेछन्।

यससँगै अन्य विभिन्न छुटहरु पनि सार्वजनिक गरिएको छ। डीएचआई होम एप्लायन्सका सामानमा ४० प्रतिशत छुट, मीभी डुओपड्समा ५४ प्रतिशत छुट र फायरबोल्ट्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्मको छुट डिसहोमका ग्राहकले पाउन सक्नेछन्।

३ महिना वा सो भन्दा माथिको इन्टरनेट प्याकेज खरिद गरेका डिसहोमका ग्राहकले यो अफरमा सहभागिता जनाउन पाउनेछन्। नयाँ इन्टरनेट कनेक्सन लिँदा वा रिचार्ज गर्दा लक्की ड्रमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ।

95
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?