जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मिटरब्याज समस्या समाधान गर्न ४ वटा ऐन संशोधन, साहुलाई सम्पति सुद्धिकरणको मुद्दा पनि लाग्ने

मिटरब्याज समस्या समाधान गर्न ४ वटा ऐन संशोधन, साहुलाई सम्पति सुद्धिकरणको मुद्दा पनि लाग्ने

सरकारले मिटर ब्याजसम्बन्धी समस्या समाधान गर्नको लागि ४ वटा ऐनलाई संशोधन गरेको छ । सरकारले मिटरब्याज र मिटरब्याज पिडितका समस्या समाधान गर्नको लागि अध्यादेश मार्फत ४ वटा ऐन संशोधन गरेको हो ।

अध्यादेश मार्फत सरकारले मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४, मुलुकी देवानी कार्यविधि संहिता २०७४ र मुलुकी कार्यविधि फौजदारी संहिता २०७४ लाई संशोधन गरेको हो । सरकारले मिटर ब्याजलाई अनुचित लेनदेन भनेको छ । जसको लागि मुलुकी अपराध संहिता २०७४ मा संशोधन गरेर अनुस्चित लेनदेनको परिभाषा उल्लेख गरिएको छ । आध्यादेश अनुसार यदि साहुले अस्वभाविक रुपमा ठुलो रकम ऋण दिएको देखिएमा निजलाई सम्पति सुद्धिकरण कसुरमा अनुसन्धान गरि कारवाही गर्ने उल्लेख गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटर ब्याजसम्बन्धी समस्या समाधान गर्नको लागि अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो बुधबार अध्यादेश जारी गरेका हुन् । अध्यादेशको विवरण आज बिहिबार राजपत्रमा प्रकाशन भएको छ ।

सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने उदेश्यले मिटरब्याज जाँचबुझ आयोग गठन गरि सकेको छ ।  गत आइतबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोगले कार्यालय स्थापना गरेको छ ।  गएको चैत २० गते मिटरब्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो।

1280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका