जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 

बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 

बैंकहरुमाथि सुनमा चलखेलको आरोप लागेको छ। सुन आयात गर्ने जिम्मेवारी पाएका बैंकहरुले सुन आयात नगरेर कालोबजारीलाई सघाएको आरोप लागेको हो।  भारतले सुन आयातमा भन्सार घटाएर ६ प्रतिशत पुर्याएपछि नेपाली बजारमा अवैध सुनले ठाउँ पाउदै आएका छन्। अवैध सुनको विक्री बढेपछि आफुहरुको वैध सुन नबिक्ने डरले सुन आयात रोकेको बैंकर संघमाथि आरोप छ। 

सुनचाँदी व्यवसायी नरेन्द्र कुमार गुप्ताले बैंकहरुले सुनको आयात नगर्नुमा चलखेलले काम गरेको आरोप लगाए । सुनचाँदीसँग सम्बन्धित संघ महासंघका सीमित व्यक्तिहरूको चलखेलका कारण सुनको आयात नभएको र दसैँको मुखमा आफूहरूले सुन पाउन नसकेको बताए । सिजनमा सहजै सुन नपाउँदा मर्कामा परेको भन्दै उनले संघ महासंघभित्रको सिन्डिकेटधारीहरूका कारण व्यवसायीहरूले सास्ती भोग्नुपरेको आक्रोशसमेत पोखे। 

केही व्यवसायीले संघ तथा महासंघमा रहेका व्यक्तिहरूको चलखेलका कारण सुनको आयात नै हुन नसकेको आरोप लगाएका छन् । झन्डै साढे २ महिना भन्दा बढी समयदेखि नेपालमा औपचारिक माध्यमबाट हुने सुनको आयात ठप्प भएको बताइएको छ । 

व्यवसायीले माग नै नगरेपछि बैंकहरुले सुनको आयात नगरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बिजपाटीलाई बताए। सूनचाँदी व्यवसायी सम्बद्द महासंघहरुको सिफारिसमा बैकहरुले सुन आयात गर्दै आएकाले अहिले उनीहरुबाटै माग नभएपछि सुन नल्याइएको उनको भनाई छ। 

उनले भने, “माग नै नभएकाले यसयघी ल्याएको सुनले नै पुगेकाले सुनको आयात रोकेका थियौं। तर अहिले सबैतर्फबाट सुनको माग आएकाले कात्तिक पहिलो सातातिर सुन आयात गर्ने तयारी गरेका छौँ।”

पछिल्लो समय महासंघका सदस्य नभएकै कारण ऋद्धि सिद्धि ज्वेलर्स लगायतका केहि सुनचाँदी व्यवसायले बैंकबाट सुन पाउन सकेका छैनन्। महासंघको सिफारिस लिएर आउँन भन्दै बैंकहरुले सुन दिन आनाकानी गरेका हुन। 

तर कोटामा ल्याइएको सुन विक्री नभएको १५ दिनपछि आवश्यक कागजात पेश गरेर जो कोहिले पनि खरिद गर्न सक्ने भएकाले सुनमा सिन्डिकेट भयो भन्नु गलत भएको बैंकर्स संघका सीईओ शर्माको दाबी छ। 

सुनसम्बन्धी आयात सम्बन्धमा ऐन र निर्देशन नै नभएकाले नेपाल राष्ट्र बैंकले कोटा प्रणाली लागू गर्दै आएको छ। सुन व्यवसाय सम्बद्द चारवटा महासंघको सिफारिसमा नेपाल बैंकर संघले आफ्ना सदस्य बैंक मार्फत सुन आयात गर्दै आएका छन्। आयातित सुन महासंघले लिएर आफ्ना सदस्यहरुलाई वितरण गर्दै आएको छ। 

तर पछिल्लो समय कोटा प्रणालीमा बेतिथी बढेको र सिन्डिकेटलाई मलजल गरेको भन्दै कोटा प्रणाली खारेजीको माग जोडतोडले उठ्ने गरेको छ। यद्दपि नेपाल राष्ट्र बैकले मौद्रिक नीतिमा सुन आयात सम्बन्धि विद्यमान व्यवस्थालाई संसोधन गर्ने भनेपनि पहिलो त्रैमास सकिन लाग्दा समेत कुनै ठोस कदम चालेको छैन। 

गहनामा जर्तीको साट्टो ज्यालामात्रै लिनुपर्ने भन्दै अभियान नै थालेका सुनचांदी व्यवसायी नरेन्द्र गुप्ताले कोटा प्रणाली खारेज गरेर सम्बन्धित सुनचाँदी व्यवसायी आफैंले सुनचांदी आयात गर्न पाउनेगरी कानुनी व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन्। सिफारिसको नाममा सिन्डिकेट बढ्दा व्यवसायिक स्वतन्त्रता खोसिदै गएको भन्दै यस्तो माग राखिएको उनले बताए।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका