जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • साल्ट ट्रेडिङको जनकपुर शाखाबाट तीन महिनामा पाँच करोडको आयो नुन बिक्री

साल्ट ट्रेडिङको जनकपुर शाखाबाट तीन महिनामा पाँच करोडको आयो नुन बिक्री

 साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा ५ करोड २३ लाख रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म आफना डिलरमार्फत ४५ हजार ३ सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए। धनुषा, महोत्तरी र सिन्धुली कार्यक्षेत्र रहेको उक्त कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गर्दै आएको छ।

चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन १ हजार १ सय ५० रुपैयाँका दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए। कार्यालयले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ।

गत असोज ७ देखि सञ्चालनमा आएका सुपथ मूल्य पसल कात्तिक २९ गतेसम्मका लागि हो। ती पसलबाट असोज ३० गतेसम्ममा ४ हजार ६ सय प्याकेट नुन बिक्री भएको प्रमुख साहले बताए। सहुलियत दरको पसलबाट प्रति प्याकेट २४ रुपैयाँ तथा सोझै डिलरमार्फत २६ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा जनकपुरधाम शाखा कार्यालयले १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको थियो। रासस

2885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?