जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देउवा सरकारको विकासमा विजोगः महंगीमा हेट्रिक, ९ महिनामा खाने तेल ४००, पेट्रोल १५५ र चामलमा प्रतिबोरा १५० बढ्यो

देउवा सरकारको विकासमा विजोगः महंगीमा हेट्रिक,  ९ महिनामा खाने तेल ४००, पेट्रोल १५५ र चामलमा प्रतिबोरा १५० बढ्यो

नेपाली कांग्रेस लगायत पाँच दलको मिलीजुली सरकारले एक पछि अर्को गर्दै नेपाली जनतालाई महंगीको उपहार दिँदै आएको छ भन्दा अब चाहि फरक पर्दैन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवा नेतृत्व सरकार मंहगी नियन्त्रणमा चुक्दा उपभोक्ता अचाक्ली मंहगो मुल्यमा सेवा तथा बस्तु खरिद गर्न वाध्य भएका छन् भन्दा अब चाहि फरक पर्दैन ।

नेपाली जनताकै भोटबाट सत्तामा पुगेका पाटी र तिनका नेताहरुले जनताका समस्या समाधान गर्न तर्फ नलागेकै कारण महंगी बढेको हो भन्दा फरक पर्दैन । जनताको चुलो देखि बस्तु खरिद सम्म महंगीले मंहगो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत माघ महिनासम्मको तथ्यांक हेर्ने हो भने उपभोक्ता मुद्रास्फिती ५.९७ प्रतिशत छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फिती २.७० प्रतिशत मात्रै थियो । जसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिती ६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिती ५.९६ प्रतिशत थियो । भन्दा फरक पर्दैन ।

खाने तेलको मूल्य बढ्न थालेको करिब १ वर्ष पुग्न लाग्यो । पछिल्लो ९ महिनामा मात्रै खाने तेलमा प्रतिलिटर २५० रुपैयाँदेखि ४०० रुपैयाँले बढेको छ । खाने तेलको मात्रै होइन भान्छामा हरेक दिन प्रयोग हुने दुध, अण्डा, मासु, चामल, दालको मूल्य छोइनसक्नु गरी महंगिएको छ ।जसले गर्दा उपभोक्ताको भान्छाको बजेट बढेको छ । पछिल्लो ६ महिनादेखि लगातार बढिरहेको उपभोग्य वस्तुको मूल्यवृद्धि रोक्न सरकारले केही काम पनि गरेको छैन । भन्दा अब फरक पर्दैन ।

पछिल्लो दुई सातायता बढेको मूल्यवृद्धिलाई रुस र युक्रेनबीचको युद्धलाई कारक मानिएको छ । पहिलेदेखि नै बढिरहेको मूल्यवृद्धिमा रुस–युक्रेनको युद्धले थप मूल्यवृद्धि बढाएको भने पक्कै हो । पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि हुँदाको असर सबै वस्तु तथा सामानमा परेको हो । भन्दा फरक पर्दैन । उपभोग्य वस्तु मात्रै होइन निर्माण सामग्रीको मूल्य पनि बढेको छ । एक साताअघिसम्म प्रतिकेजी १ सयदेखि १०७ रुपैयाँसम्म पाइने डण्डीको मूल्य बढेर अलिहे १२५ रुपैयाँसम्म पुगेको देखिन्छ ।

रुस संसारको तेस्रो ठूलो कच्चा तेल उत्पादक देश तथा कृषि उत्पादनमा दुबै देशको योगदान ठूलो भएको अवस्थामा यी दुई देशसँगको व्यापारमा कठीनाइ आएसँगै मूल्यवृद्धिमा असर परेको हो । यी दुई देशबीचको युद्धका कारण खाद्यान्नसँगै लत्ताकपडा, सवारी साधनको समेत मूल्य बढेको हो भन्दा फरक पर्दैन । त्यसैगरी पेट्रोलियम पर्दाथको मूल्य बढ्दा तरकारी फलफूल दुधलगायतका दैनिक उपभोग्य सामानको पनि मूल्य बढ्ने बढेको हो । कोरोना महामारीले गर्दा सप्लाई चेन नमिल्दा वृद्धि भएको मूल्यमा रुस र युक्रेनको युद्धले महंगी अझ बढेको हो भन्दा फरक पर्दैन । पेट्रोल, डिजललगायतका इन्धनमा पछिल्लो एक महिनामा एक लिटरमा ११ रुपैयाँले बढेको छ । इन्धनमा मूल्यवृद्धि हुँदा त्यसको असर अन्य सबै सेवा तथा वस्तुमा परेको छ भन्दा अब चाहि फरक पर्दैन ।

गत माघ ५ गतेसम्ममा १३९ रुपैयाँ कायम भएको पेट्रोलको मूल्य आइपुग्दा १५५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । त्यसैगरी, गत माघमा १२२ रुपैयाँ मूल्य कायम भएको डिजेलको मूल्य अहिले १३८ पुगेको छ । साथै, ग्याँस १५ सय ७५ रुपैयाँ मूल्यमा बिक्री वितरण भइरहेको छ । पछिल्लो ९ महिनाको तथ्यांक हेर्ने हो भने खाने तेलको मूल्य लिटरमा ४०० रुपैयाँसम्मले बढेको छ । पछिल्लो एक महिनामा मात्रै एक लिटरमा ३० रुपैयाँसम्मले बढेको देखिन्छ ।

एक महिना अघिसम्म प्रतिलिटर २५० रुपैयाँ कायम भएको सनफ्लावर तेलको मूल्य अहिले २७५ देखि २८० रुपैयाँसम्म बिक्री गरेको देखिन्छ सरकार कहाँ छ ? हाल पेट्रोलियम पदार्थको मूल्य बढेकाले व्यापारीहरूले ढुवानी खर्च बढेको भन्दै अधिकांश खाद्यान्नमा मूल्य बढाएका छन् । खुद्रा व्यवसायीहरूले केही नाफा राखेर बिक्री गर्ने भएकाले उद्योगीबाटै उच्चरुपमा मूल्यवृद्धि भएर आउँदा व्यापार गर्नै मुस्किल भएको उनीहरूको भनाइ छ । साथै, बजारमा कतिपय वस्तुको अभाव देखाएर मूल्यवृद्धि गरेको भेटिएको छ । भन्दा फरक पर्दैन । करिब एक महिनाको अन्तरालमा बजारमा पाइने २५ केजीको अधिकांश कम्पनीको जिरा मसिनोको चामलमा प्रतिबोरा १ सयदेखि १५० रुपैयाँसम्म मूल्यवृद्धि भएको भेटिएको छ । दाल, चिनी, गेडागुडीलगायत अन्य वस्तुमा पनि प्रति केजी १० रुपैयाँदेखि १५ रुपैयाँसम्म बढाएको भेटिएको छ ।

बजारमा अधिकांश वस्तुको मूल्य बढ्दा दानाको मूल्य पनि बढेको छ । एक महिनाअघिसम्म प्रतिकेजी १ सय रुपैयाँमा पाउने भटमासको पिना अहिले ११५ रुपैयाँ र ३९ रुपैयाँ रहेको मकैको प्रतिकेजी ४७ रुपैयाँ पुगेको छ । दानामा भएको मूल्यवृद्धिका कारण कुखुराको मासु र अण्डाको मूल्य बढेको देखिन्छ । सरकार कहाँ छ । कुखुराको अण्डा र कुखुराको मासु उत्पादनका लागि अति आवश्यक वस्तु दानाको मूल्य बढ्दा अण्डा र कुखुराको मासुको मूल्य अचाक्ली रुपमा बढेको भेटिएको छ । एक महिना अघिसम्म प्रतिक्रेट अण्डा ३९० रुपैयाँ रहेकोमा अहिले प्रतिक्रेट ४२० रुपैयाँ मूल्य कायम भएको छ । साथै, एक महिनाअघिसम्म ३६० रुपैयाँ प्रतिकेजी कुखुराको मासु अहिले ३९० रुपैयाँदेखि ४०० रुपैयाँ मूल्यमा बिक्री भएको छ भन्दा फरक पदैन । रकारले दुधको मूल्य बढाएसँगै दुधबाट बन्ने अन्य वस्तुको मूल्य पनि बढेको छ । सरकारले डीडीसीको सहकार्यमा दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको थियो ।

त्यसपछि निजी क्षेत्रका व्यवसायीहरुले दुधको मूल्यमा थप १ रुपैयाँ बढाएर प्रतिलिटर १० रुपैयाँ बढाएका छन् । एक महिनाअघिसम्म प्रतिलिटर ७६ रुपैयाँ रहेको दुधको मूल्य अहिले ८६ रुपैयाँ पुगेको देखिन्छ । पछिल्लो समय निर्माण कार्यले तीब्रता लिने समयमै डण्डीको मूल्य अत्यधिक बढेको छ । केही हप्ता अगाडिसम्म प्रतिकेजी अधिकतम १०७ रुपैयाँसम्म कायम भएको डण्डीको मूल्य अहिले प्रतिकेजी १२५ रुपैयाँसम्म पुगेको भेटिएको छ भन्दा फरक पर्दैन । अधिकांश वस्तुमा मूल्यवृद्धि हुँदा पनि सरकार जिम्मेवार नभएको अधिकारकर्मीहरूको भनाइ छ । चुनावी माहोल नजिकिँदै गर्दा बजारमा मूल्यवृद्धि अत्यधिक छ । चुनावका लागि उद्योगीसँग चन्दा माग्नु पर्ने भएकाले उद्योगीले मूल्यवृद्धि गराउँदा पनि सरकारले केही नबोलेको हो कि भन्दा अब फरक पर्दैन । अत्यधिक मूल्य बढ्दासमेत अनुगमन हुन सकेको देखिदैन । राजतिलक साप्ताहिकबाट साभार गरिएको

4835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका