जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनएलजी इन्स्योरेन्स हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

एनएलजी इन्स्योरेन्स हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

एनएलजी इन्स्योरेन्सले आज मंसिर ११ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्तापुँजी रु १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ को १० कित्ता बराबर नयाँ ६.२५६ कित्ताको अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशन खुल्ला गरेको हो।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कात्तिक २७ गते बुक क्लोज गरेकाले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ।

2690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका