जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नौं करोड ६७ लाख राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

नौं करोड ६७ लाख राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागका राजस्व चुहावट गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले सोमबार उच्च अदालत पाटनमा दिपक कुमार देउजा र अचला थापा देउजा विरुद्ध मुद्दा दायर गरेको हो । 

विभागका अनुसार भक्तपुरको दिपक कुमार सूर्यविनायक नगरपालिका वडा नं. १० देउजागाउँमा, स्थायी बसोबास गर्ने श्री एभरेष्ट यति इन्टरनेशनल प्रालिको शेयरधनी तथा संचालक हुन् । त्यस्तै, अचला पनि सोहि कम्पनीकी शेयरधनी हुन् । 

श्री एभरेष्ट यति इन्टरनेशनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको विभागको आरोप छ । 

मूल्य अभिवृद्धि करतर्फ तीन करोड ४० लाख १८ हजार, आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ गरि जम्मा उनीहरुले ९ करोड ६७ लाख ३२ हजार ५६० रुपैयाँ राजस्व चुहावट गरेका हुन् । उनीहरुविरुद्ध १९ करोड ३४ लाख ६५ हजार १२० रुपैयाँ सजायको माग दाबीसहित विभागले मुद्दा दायर गरेको छ ।  

7390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका