जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सुरु, देशभरीका अभिकर्ता सहभागी

‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सुरु, देशभरीका अभिकर्ता सहभागी

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ आजदेखि पोखरामा भव्य रुपमा सुरु भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम आज अर्थात मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखराको ग्रान्डमा सञ्चालन हुने भएको छ ।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण कृष्णा श्रेष्ठ र हरिवंश आचार्य एवम् अन्तराष्ट्रिय प्रशिक्षक विजय कुमार झा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल लगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको छ ।

साथै, कार्यक्रममा देशभरीका सक्रिय सयौं अभिकर्ताहरुको उपस्थिती रहेको छ । कार्यक्रममा प्रशिक्षित अभिकर्ताहरुको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ ।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका