जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मोदी सरकारलाई विश्व बैंकको अर्को झट्का

मोदी सरकारलाई विश्व बैंकको अर्को झट्का

आर्थिक मन्दीबाट थला पर्दै गरेको भारतीय अर्थतन्त्रले फेरी पनि बिश्वास गुमाउने भएको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदनले नराम्रो झट्का दिएसंगै यस्तो अवस्था सिर्जना हुने अनुमान गरिएको हो ।

विश्व बैंकले अब भारतको विकास दरको अनुमान घटाउँदै ६ प्रतिशत मात्र हुने जनाएको छ । सन् २०१८/०१९ मा भारतको आर्थिक बृद्दीदर ६.९ प्रतिशत रहेको थियो। तर, चालु आर्थिक वर्षमा भने त्यो दर कायम नरहने अनुमान साउथ एशिया इकोनोमिक फोकसको पछिल्लो सस्करणमा उल्लेख गरेको छ ।

मोदी सरकारको टाउको दुख्ने गरि बिश्व बैंकले जारिगरेको यो लगातार दोस्रो प्रतिवेदन हो । विश्व बैंकले लगातार दुई वर्ष भारतको अर्थतन्त्रमा गिरावट आएको जनाऊदै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । सन् २०१७/०१८ मा ७.२ प्रतिशत रहेको आर्थिक बृद्दी सन् २०१८/०१९ मा ६.९ रहेको थियो।

त्यसो यसअघी नै क्रेडिट रेटिंग एजेन्सी मूडीजले भारतको जीडीपी ग्रोथरेट घटाईसकेको थियो । मूडीजको अनुमान अनुसार आर्थिक वर्ष २०१९ /२० मा भारतको जीडीपी ग्रोथ ५.८ प्रतिशत मात्र रहने छ । शुरुमा ६.२ प्रतिशत रहने अनुमान गरेको थियो। मूडीजले भारतीय अर्थव्‍यवस्‍थालाई यदि मन्दीको अवस्था जारी रहेमा सरकारको राजकोषमा समेत घाटा लाग्ने र ऋणको बोझ समेत बढ्ने भन्दै गम्भीर चेतावनी समेत दिएको छ ।

मूडीजले झैँ भारतको केन्द्रिय बैंक आरबीआईले पनि चालू आर्थिक वर्षको बृद्दी दरको अनुमान घटाएको छ ।आरबीआईका अनुसार यो आर्थिक वर्षमा आर्थिक बृद्दी दर ६.१ प्रतिशत हुनसक्छ । यसअघी आरबीआईले ६.९ प्रतिशतको बृद्दी रहने अनुमान लगाएको थियो ।

त्यसो त अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएवाले पनि भारतको आर्थिक मन्दीबारे चिन्ता व्यक्त गरिसकेकी छिन् । उनले बिश्व अर्थव्यवस्थामा देखिएको आर्थिक मन्दीका कारण ९० प्रतिशत मुलुकको विकास गति सुस्त भएको र त्यसको ठुलो असर भारतको अर्थतन्त्रमा देखिने बताएकी छिन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको आर्थिक बृद्दी ५ प्रतिशतको मात्र देखिएको थियो जुन गएका पाँच वर्षमा सबैभन्दा कम हो । सन् २०१३ को मार्च महिनामा ४.७ प्रतिशतको मात्र बृद्दी देखिएको थियो ।

5450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका