जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सर्वोत्कृष्ट खेलाडी बने दीपेन्द्र सिंह ऐरी

सर्वोत्कृष्ट खेलाडी बने दीपेन्द्र सिंह ऐरी

सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) उत्कृष्ट खेलाडी सावित भएका छन्। पहिलो संस्करणको प्लेअर अफ दि सिरिज बन्दै ऐरीलेले ६२ लाख रुपैयाँ पर्ने ओमोड़ा गाडी जितेका हुन्। सबैभन्दा धेरै रन र सबै भन्दा बढी विकेट नलिएपनि ऐरीले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेकोमा ‘प्लेअर अफ दि सिरिज’ जितेका हुन्। ऐरीले पहिलो संस्करणको एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए । उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए । त्यसपछि उनले काठमान्डु गुर्खाज विरुद्ध ४३ रन बनाए भने लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे ।

चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् । पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो । ऐरीले बलिङमा ९ खेलमा कुल ९ विकेट नै लिए । एनपीएलको फाइनलमा भने दीपेन्द्र चल्न सकेनन् । उनले ब्याटिङमा ९ रनमा आउट हा बलिङमा १ विकेट मात्र लिएका थिए । त्यस्तै प्लेयर अफ दि टुर्नामेण्ट को उपाधि सुदूरपश्चिमका सेफ अली जैबले पाएका छन्। यो उपाधि बापत उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर बन्दै ललित राजवंशीले मोटरसाइकल प्राप्त गरेका छन् । उदीयमान खेलाडीको उपाधि कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् । त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका