

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५३ हजार ४ सय २ कित्ता शेयर बिक्रीमा ल्याईएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्रीमा आउनेछ ।