जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • विकास बैंकको नाफा १६ प्रतिशतले बढ्यो

विकास बैंकको नाफा १६ प्रतिशतले बढ्यो

राष्ट्रिय स्तरका विकास बैंकको नाफा १६.०२ प्रतिशतले बढेको छ । सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका ८ विकास बैंकले २ अर्ब ५८ करोड ७६ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको सोहि अवधिमा यी आठ विकास बैंकहरुले २ अर्ब २३ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिमा शाइन रेसुङ्गा र लुम्बिनि विकास बैंकको नाफा घटेको छ भने अन्य बैंकको बढेको छ ।


चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । यसअवधिमा बैंकले आफ्नो नाफा ७.१६ प्रतिशतले बढाएर ५४ करोड ९२ लाख रुपैयाँ पुर्‍याएको हो ।

नाफामा दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकका नाफा भने ५० करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा २७.०९ प्रतिशतले बढी हो ।


सर्वाधिक नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेकोछ । यसअवधिमा ज्योतिले आफ्नो नाफा १४७ प्रतिशतले बढाएर २५ करोड १ लाख पुराएको छ भने सांग्रिलाले ९६ प्रतिशतले बढाएर १९ करोड ६५ लाख रुपैयाँ पुर्‍याएको हो ।

कामना सेवा विकास बैंकको ३२ करोड, महालक्ष्मी विकास बैंकको २८ करोड रुपैयाँ नाफा रहेको छ । विकास बैंकको सबैभन्दा कम नाफा आर्जन गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकले आफ्नो मुनाफा ३० प्रतिशतले घटाउँदै १४ करोड रुपैयाँमा सीमित भएको छ ।

1390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका