जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • पोखरा फाइनान्समा मर्जर समिति गठन, समस्याग्रस्त घोषणाको हल्ला निराधार : राष्ट्र बैंक

पोखरा फाइनान्समा मर्जर समिति गठन, समस्याग्रस्त घोषणाको हल्ला निराधार : राष्ट्र बैंक

पोखरा फाइनान्स लिमिटेड अन्तत मर्जरमा जाने करिब पक्का भएको छ। बुधबार साँझ बसेको फाइनान्स सञ्चालक समितिको बैठकले मर्जर समिति गठन गरेसंगै मर्जरमा जाने सम्भावना बलियो बनेको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङकाअनुसार फाइनान्सका संचालक तिल बहादुर गुरूङकाे सम्याेजकत्वमा मर्जर समिति गठन भएको हो। नेप्से लगायत नियामक निकायलाइ यस सम्बन्धि जानकारी दिइसकेकाे छ।

एक अग्रणी वाणिज्य बैकसँग मर्जरमा जाने निर्णय गर्दै समिति समेत गठन गरेको फाइनान्स स्रोतले जनाएको छ। कुन वाणिज्य बैकसँग मर्जरमा जाने भन्ने बिषयमा नखुलाइएपनि संम्भवत यसै साता दुबै बैकबिच सम्झाैता हुने तयारी रहेकाे बुझिएकाे छ।

पछिल्लो समय कमर्शियल बैंकलाई नै अप्ठ्यारो परिरहेको अवस्थामा फाइनान्सलाई सहि समयमा सहि दिशातर्फ अघि बढाउँनलाई अग्रणी कमर्शियल बैंकसंग मर्जमा जाने गरि प्रक्रिया अघि बढाईएको स्रोतले जनाएको छ।

समस्याग्रस्त घोषणाको हल्ला निराधार : राष्ट्र बैंक

पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्न लागिएको भन्ने समाचारमा कुनै सत्यता नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका बैंक तथा बित्तिय संस्था सुपरिवेक्षण विभागका प्रमुख तथा प्रवक्ता रामु पौडेलकाअनुसार फाइनान्सका संचालक समिति सदस्यलाई केहि विषयमा सचेत गराईएको हो। तर समस्याग्रस्त घोषणा गर्न लागिएको होइन।

उनले भने, “समस्याग्रस्त घोषणा गर्ने भनेको सानो बिषय होइन, राष्ट्र बैंकले गर्ने अन्तिम र ठुलो कारबाही मध्येको एक हो तर पोखरा फाइनान्सका हकमा अहिलेलाई संचालक समिति सदस्यलाई सचेत मात्र गराइएको हो।”

पछिल्लो समय फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्न लागिएको भन्ने समाचार बाहिरीएपछि पोखरा फाइनान्समाथि दबाब बढेको पाइएको छ। जसले गर्दा फाइनान्सलाई मर्जरमा जानुपर्ने निर्णय लिन बाध्य बनाएको त्यहाँका अधिकारी बताउछन।

पोखरा फाइनान्स गण्डकी प्रदेशको राजधानी तथा देशकै पर्यटकीय शहरको रुपमा पहिचान बनाएको पोखरामा अवस्थित छ। होटल टुरिजम जस्तो क्षेत्रमा बढी लगानी गरेको पोखरा फाइनान्समाथि कोभिडपछि दबाबमा परेको थियो। आफ्नो कुल लगानीको एउटा ठुलो हिस्सा होटल टुरिजममा भएको र कोभिड पश्चात यो क्षेत्र दबाबमा परेकाले फाइनान्समाथि दबाब परेको हो। तर राष्ट्र बैंकले होटल टुरिजमको लगानीमा सहुलियत या त्यस्तो कुनै सुविधा दिएको हुन्थ्यो भने पोखरा फाइनान्समाथि कम दबाब पर्ने जानकार बताउछन।

वि.सं. २०५३ सालमा स्थापित याे फाइनान्स कम्पनी पोखरा क्षेत्रकाे एक स्थापित वित्तीय संस्था हाे । यस संस्थाले हाल मुख्य कार्यालय सहित कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाण्डौं, ललितपुर, रुपन्देही र बाँके समेत गरी २५ वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाको चुक्ता पुँजी रु. १ अर्ब ८ करोड, निक्षेप ११ अर्व र कर्जा ८ अर्व माथि रहेको बताइएकाे छ ।

1100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका