जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बीमा प्राधिकरणको अध्यक्ष पदमा १२ जना उम्मेदवार

बीमा प्राधिकरणको अध्यक्ष पदमा १२ जना उम्मेदवार

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा १२ जनाले उम्मेदवारी दिएका छन् । अर्थ मन्त्रालयका अनुसार अन्तिम दिन शुक्रबारसम्ममा पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंसहित १२ जनाले आवेदन दर्ता गराएका हुन् । आवेदन दिने अन्यमा प्राधिकरण कार्यकारी निर्देशक कमलप्रसाद रेग्मी, स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष डा दामोदर बसौला, कानुन व्यवसायी शरद ओझा, डा देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् ।

सिफारिस समितिले यीमध्ये पूर्वनिर्धारित योग्यता पूरा गर्ने उम्मेदवारको लिखित, मौखिक र प्रस्तुतीकरणका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीनजनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गर्नेछ। मन्त्रिपरिषदले ३ जनामध्ये एकजनाको नियुक्ति गर्नुपर्नेछ।

2345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?