जोडिनुहोस
आइतवार, चैत्र २३, २०८१
आइतवार, चैत्र २३, २०८१
  • होमपेज
  • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष् ामनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, ‘बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँको पदोन्नति उहाँले पुर्याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौं कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।’

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

85
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका