जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मुक्तिनाथ र गरिमा विकास बैंकमध्ये विभिन्न वित्तीय सूचकमा को अघि को पछि ?

मुक्तिनाथ र गरिमा विकास बैंकमध्ये विभिन्न वित्तीय सूचकमा को अघि को पछि ?

मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक एक अर्कालाई टक्कर दिने विकास हुन् । दुवै विकास बैंकले चालु आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

चुक्ता पुँजीको आधारमा : मुक्तिनाथ विकास बैंक लिमिटेडको चुक्ता पुँजी ७ अर्ब ४ करोड रहेको छ भने गरिमा विकास बैंक लिमिटेडको चुक्ता पुँजी ५ अर्ब ६७ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : मुक्तिनाथ विकास बैंक लिमिटेडको जगेडा कोषमा २ अर्ब ९२ करोड रहेको छ भने गरिमा विकास बैंक लिमिटेडको जगेडा कोषमा २ अर्ब ५५ करोड रहेको छ ।

रिटेन्ड अर्निङको आधारमा : मुक्तिनाथ विकास बैंक लिमिटेडको रिटेन्ड अर्निङमा ३१ करोड ऋणात्मक रहेको छ भने गरिमा विकास बैंक लिमिटेडको रिटेन्ड अर्निङमा २ करोड रहेको छ ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंक लिमिटेडले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब २९ करोड कर्जा प्रवाह गरेको छ भने गरिमा विकास बैंक लिमिटेडले ७८ अर्ब ५७ करोड निक्षेप संकलन गरी ६३ अर्ब ९० करोड  कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंक लिमिटेडले २ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेकोमा गरिमा विकास बैंक लिमिटेडले १ अर्ब ८० करोड खुद ब्याज आम्दानी गरेको छ ।

संचालन नाफा : चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंक लिमिटेडले  ६१ करोड ६९ लाख  संचालन नाफा गरेकोमा गरिमा विकास बैंक लिमिटेडले ७३ करोड १७ लाख संचालन नाफा गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंक लिमिटेडले ४२ करोड खुद नाफा गरेकोमा गरिमा विकास बैंक लिमिटेडले ५१ करोड २५ लाख खुद नाफा गरेको छ ।

किताबी मूल्य : मुक्तिनाथ विकास बैंक लिमिटेडको किताबी मूल्य १३७.०३ रुपैयाँ छ भने गरिमा विकास बैंक लिमिटेडको किताबी मूल्य १४५.४७ रुपैयाँ छ ।

वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी ११.९२ रुपैयाँ छ भने गरिमा विकास बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १८.०६ रुपैयाँ छ ।

खराब कर्जा: मुक्तिनाथ विकास बैंक लिमिटेडको खराब कर्जा २.५१ प्रतिशत हुँदा गरिमा विकास बैंक लिमिटेडको खराब कर्जा २.९५ प्रतिशत छ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका