जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले भन्यो- बैंकबाट सुन खरिद गर्न व्यवसायीले कसैलाई पनि सिफारिस शुल्क तिर्नु पर्दैन

राष्ट्र बैंकले भन्यो- बैंकबाट सुन खरिद गर्न व्यवसायीले कसैलाई पनि सिफारिस शुल्क तिर्नु पर्दैन

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट सुन खरिदका लागि सिफारिसबापत व्यवसायीहरुले कसैलाई पनि कुनै शुल्क तिर्नु नपर्ने बताएको छ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै बैंकबाट सुन खरिदका लागि सिफारिस दिंदा व्यवसायीका संघ र महासंघलाई कुनै शुल्क नलिन भनेको छ।

‘सुन आयात तथा बिक्री वितरण सम्बन्धमा सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ र महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सोही व्यवस्था पालना गर्न सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ।

सुन व्यवसायीका संघ र महासंघले सिफारिस गर्दा परिमाण अनुसार शुल्क लिंदै आएका छन्।

1510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका