जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ ।

नयाँ वर्षका अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागु हुने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत क्रेडिट कार्ड लिन कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिन ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।

यो योजनाले आधुनिक बैंकिङ प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ । ‘बाई नाउ, पे लेटर’ मार्फत ग्राहकले क्रेडिट कार्ड प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले नबिल बैंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्रि क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

साथै, https://nbankhome.nabilbank.com/digital-form/credit-card मा गई अनलाइन मार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।

1645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका