जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेशनल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शुल्कमा छुट

नेशनल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शुल्कमा छुट

नेशनल लाइफले असार ३ गतेदेखि लागू हुने गरी व्यतित बीमालेखकको पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क छुट गरेको छ।

कम्पनीले बीमितहरुलाई असार ३ देखि २० गतेसम्मम कम्पनीले तोकेको प्रकृष पुरा गरी पुर्नजागरण गराएमा बिलम्ब शुल्क छुट हुने जानकारी गराएको छ।

आर्थिक बर्ष २०७५ साल चैत १ गतेसम्म सम्म व्यतित भइसकेका बीमालेखहरुमा ५० प्रतिशत, आर्थिक बर्ष २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ६० प्रतिशत र आर्थिक बर्ष २०७८ चैत २ गतेदेखि २०८२ असार ३ गतेसम्म व्यतित भएको बीमालेखहरुमा ७५ प्रतिशत सम्म विलम्ब रकम छुट सुविधाको व्यवस्था गरेको छ।

कम्पनीले पर्नजागरण्ढा मितिले दुई बर्षभित्र अवधि समाप्ति हुने बीमालेखहरुको हकमा भने यो सुविधा लागू नहुने र एक पटक विलम्ब छुट लिईसकेका बीमितहरुलाई पूरा बीमा अवधिभरी पुन छुट सुविधा नदिईने कम्पनीले जनाएको छ।
साथै यस योजनामा समावेश भएका बीमालेखहरु पुर्नजागरणको मिति देखि एक बर्ष भित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने भएको छ।

1035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?