जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकले हुम्लाको आगलागी पीडितलाई वितरण गर्‍यो खाद्यान्न र लत्ता कपडा

सिटिजन्स बैंकले हुम्लाको आगलागी पीडितलाई वितरण गर्‍यो खाद्यान्न र लत्ता कपडा

सिटिजन्स बैंकले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका-३, उनापानीमा असार १ गतेको आगलागीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

आगलागीका कारण घरबारविहीन भएका आठ परिवारलाई तत्काल आवश्यक सहयोगस्वरूप बैंकले चामल, दाल, आलु, तेल, पिठो, कुकर, डाडु लगायतका खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । बैंकले यो सहयोगबाट पीडितहरुको दैनिकी केही हदसम्म सहज हुने विश्वास व्यक्त गरेको छ । राहत वितरण कार्यक्रममा बैंकको कर्णाली प्रदेशस्थित सर्केगाड शाखाका प्रमुख, अन्य कर्मचारी, स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोग गर्दै आएको जनाएको छ ।

700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका