जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा देशभर वृक्षारोपण, बर-पिपल चौतारी बनाउने लक्ष्य

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा देशभर वृक्षारोपण, बर-पिपल चौतारी बनाउने लक्ष्य

गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न स्थानहरूमा धार्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिने बर र पिपलका विरुवाहरू रोपेको छ।

असार २२ गते सम्पन्न वृक्षारोपण कार्यक्रम कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट, छाँयाक्षेत्र शिवमन्दिर परिसर, र दाङ्गको मोतिपुर पुल क्षेत्रमा सम्पन्न भएको हो ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, कर्मचारी, सेयरधनीहरू तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति थियो ।

गरिमा विकास बैंकले यस्तो अभियानले वातावरण संरक्षण, हरित विकासको प्रवर्द्धन, धार्मिक सम्पदाको संरक्षण र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

बैंकले वृक्षारोपण गरिएका स्थानहरूलाई आगामी दिनमा ‘बर–पिपल चौतारी’ का रूपमा विकास गरी संरक्षण गर्ने योजना पनि अघि सारेको छ ।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?