जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • प्रसाईद्वारा २७ करोड कर्जा दुरुपयोग ६ अर्ब कर्जा जोखिममाः प्रसाई रिहा

प्रसाईद्वारा २७ करोड कर्जा दुरुपयोग ६ अर्ब कर्जा जोखिममाः प्रसाई रिहा

व्यवसार्य दुर्गा प्रसाईले ८ वटा बैंक र वित्तिय संस्थाहरुबाट लिएको ६ अर्ब कर्जा जोखिममा परेको छ भन्दा अब चाहि फरक पर्दैन । ६ अर्ब कर्जा मध्ये प्रसाईले २७ करोड कर्जा अपचलन (दुरुपयोग) गरेको नेपाल प्रहरीको सिआईबीले दाबी गरेको छ । व्यवसायी एवम् राजावादी नेता प्रसाई २८ लाख धरौटी बुझएर केही दिन अगाडी रिहा भएका छन् । दुर्गा प्रसाईं बैंकिङ क्षेत्रमा अराजकता भित्राउने पात्र हुन् । उनले बैंकहरुप्रति अफवाह फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका थिए । लामो समयसम्म नियामक निकाय समेत उनका अघि मुकदर्शक बनेको थियो । उनले बैंकवित्त विरुद्ध सर्बसाधारणलाई जम्मा गरेर कर्जा नतिर्नु भन्दै उक्साउँदै आएका थिए । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् ।

गत सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । त्यस्तैसीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् ।

साढे २७ करोड रुपैयाँ कर्जाको दुरुपयोग?
प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकबाट लिएको साढे २७ करोड रुपैयाँ फरक प्रयोजनमा दुरुपयोग गरेको देखिएको हो । तत्कालीन एनसीसी बैंक (अहिले कुमारी) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख, इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एट्रिअमको नाममा ५ करोड र गुडविल फाइनान्सबाट युए मेडिकाको नाममा प्रवाह भएको १० करोड बराबरको रकमलाई राष्ट्र बैंक ऐन अनुसार कर्जा दुरुपयोग मानिएको छ ।

राष्ट्र बैंक ऐन अनुसार बैंकबाट लिएको कर्जा व्यवसायमा प्रयोग गरेर त्यसबाट प्राप्त आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्छ । तर, प्रसाईंले ठुलो रकम पेस्कीको रुपमा लिएर आफू र आफन्तको नाममा रहेको कम्पनीहरूलाई सो रकम प्रदान गरेको भेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को रिपोर्टमा उल्लेख छ । प्रसाईंविरुद्ध सीआईबीले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा–८ अनुसारको कर्जा दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । उनीविरुद्ध उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भई उनी थुनामा गएका थिए । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले सिआईबीमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्बभन्दा बढी कर्जा लिएका छन् । त्यसमध्ये साढे २७ करोड अपचलन भएको अनुसन्धानमा देखिएको सिआईबीले जनाएको छ । भन्दा फरक पर्दैन ।

करिब साढे ६ अर्बका कर्जा
उनले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेण्ट मेगा बैंकबाट ६५ करोड कर्जा लिएका थिए । यस्तै, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आईएमईबाट १ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका थिए । यी सबै बैंक तथा वित्त कम्पनीबाट लिएको ऋणको साँवा–ब्याज गत आबको तेस्रो त्रैमाससम्म प्रसाईले बैंकलाई करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने थियो ।

बैंकवित्त विरुद्ध अफवाह फैलाउने नाइके दुर्गा प्रसाई
दुर्गा प्रसाईले बैंकहरुप्रति अफवाह फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका थिए । उनले बैंकवित्त विरुद्ध सर्बसाधारणलाई जम्मा गरेर कर्जा नतिर्नु भन्दै उक्साउँदै आएका थिए । त्यसबाहेक उनले केही बैंक वित्तसँग फिरौती समेत असुलेको अभियोग उनीमाथि छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरका मुद्धाहरु छन् । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुर लागेको हो । भन्दा फरक पर्दैन ।

लघुवित्तका कर्मचारीलाई काम गर्न कठिन
उनी विगतदेखि नै वित्तीय संस्थाविरूद्ध अभियान चलाएर चर्चामा छन् । ‘लघुवित्त तथा वित्तीय संस्थाका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर ग¥यो भनेर बैंकभित्र पसेमा डाँका मुद्दा लाग्छ तर बाहिर रूँघेर बस्ने कालोमोसो दल्ने’ उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा छाएको थियो । लघुवित्त विरुद्ध त उनी साँगठनिक रुपमै लाग्दै आएका छन् । वित्तीय शिक्षा र उत्पादनसँग जोडेर अघि बढेको लघुवित्त क्षेत्रलाई दुर्गा प्रसाईको उक्सावटका कारण कैयौं ठाउँमा काम गर्न समेत समस्या भएको छ । केही ठाउँमा लघुवित्तका कर्मचारीहरुमाथि आक्रमण समेत गरिएका छन् ।
ऋण तिर्न नयाँ ऋण लिँदै व्यवसायी ? नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा दुरुपयोग रोक्न मार्गदर्शन जारी गरी कार्यान्वयनमा ल्याए पनि त्रैमासको अन्तिम महिनामा अझै व्यवसायीहरूले ऋण तिर्न नयाँ ऋण लिएको पाइएको छ । गभर्नर साब हेक्का होस् ।

गत आर्थिक वर्षको असार महिनाको अन्तिम साताको तथ्यांकले यो अवस्थालाई पुष्टि गरेको छ । असार अन्तिम सातामा मात्रै बैंक तथा वित्तीय संस्थाहरूले १८ अर्ब ६२ करोड रुपैयाँ कर्जा बढाएका छन् । बैंकहरू असारमा सामान्यतया रिकभरीमा व्यस्त हुने हुँदा नयाँ लगानीका लागि कर्जा विस्तार कम हुने अपेक्षा गरिए पनि सो समयमा ऋण तिर्न चलाउने कर्जाको मात्रामा वृद्धि भएको छ । असार अन्तिम सातामा वाणिज्य बैंकहरूले करिब ११ अर्ब रुपैयाँ, विकास बैंकहरूले ६ अर्ब १२ करोड र फाइनान्स कम्पनीहरूले १ अर्ब ६२ करोड रुपैयाँ कर्जा वृद्धि गरेको देखिन्छ ।

बैंकरहरूका अनुसार अधिकांश व्यवसायीहरूले चालुपुँजी कर्जा प्रयोग गरी बैंकहरूको ब्याज तिर्न स्वीकृत कर्जा सीमा भन्दा बढी ऋण लिइरहेका छन् । यो प्रवृत्ति त्रैमासको अन्तिम महिनामा विशेष रूपमा देखिन्छ । राष्ट्र बैंकले चालुपुँजी कर्जा दुरुपयोग रोक्न २०७९ कात्तिकदेखि नयाँ मार्गदर्शन जारी गरेको थियो । यसमार्फत व्यवसायिक फर्महरूले चालुपुँजी कर्जा वार्षिक कारोबारको आधारमा मात्र लिन पाउने, कर्जा स्थिर सम्पत्ति तथा ऋण सावाँ र ब्याज भुक्तानीमा मात्र प्रयोग गर्नुपर्ने र चालुपुँजी कर्जा सीमा त्रैमासको अन्तिम महिनामा नबढाउने व्यवस्था गरिएको छ ।

तर, चालु आर्थिक वर्षमा माघ, फागुन, चैत, पुस र असोज महिनाहरूमा कर्जा विस्तार असाधारण रूपमा बढी देखिएको छ । विशेषगरी त्रैमासको अन्तिम सातामा कर्जा विस्तार हुने चलन रहँदै आएको छ, जसले कर्जा ‘एभरग्रिनिङ’ अर्थात् चिरकालीन रूपमा नतिर्ने जोखिम बढाएको भेटिएको छ । भन्दा फरक पर्दैन । यसरी व्यवसायीहरूले ऋण तिर्न नयाँ ऋण प्रयोग गरिरहँदा वित्तीय संस्थाहरूको कर्जा जोखिम पनि बढ्न सक्ने देखिन्छ । गभर्नर साब हेक्का होस् ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका