जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सनराइज बैंक र लक्ष्मी बैंकको यस्तो बन्यो मर्जर कमिटी

सनराइज बैंक र लक्ष्मी बैंकको यस्तो बन्यो मर्जर कमिटी

सनराइज बैंकले लक्ष्मी बैंकसँग समान हैसियतमा गाभिन मर्जर कमिटी बनाएको छ । सनराइजको सञ्चालक समितिको बिहीबारको बैठकले सञ्चालक शारदा शर्माको संयोजकत्वमा मर्जर कमिटी बनाएको हो । सञ्चालक समितिले सञ्चालक दीपक नेपाललाई कमिटीको सदस्य बनाएको हो।

बैठकले लक्ष्मी बैंकसँग मर्जमा जाने निर्णय पनि गरेको छ । त्यसैगरी, लक्ष्मीसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्न अर्को बोर्ड बैठक बस्न नपर्ने गरी बैंकका अध्यक्ष मोतीलाल दुगडलाई नै अधिकार दिएको छ । ‘हामीसँग छोटो समय मात्रै भएकाले अर्को बोर्ड बैठक डाक्दा धेरै समय लाग्न सक्छ, पुस मसान्तभन्दा अघि नै दुई बैंकबीच एमओयू गरेर नेपाल राष्ट्र बैंकलाई बुझाइसक्नुपर्ने दबाब छ, त्यही भएर बिहीबारको बोर्ड बैठकले मर्जका लागि गर्नुपर्ने सबै काम अध्यक्ष र मर्जर कमिटीलाई नै दिएको बैंको स्रोतले जनाएको छ ।

सञ्चालकका अनुसार आउँदो २५ गतेभित्र दुई बैंकबीच एमओयूमा हस्ताक्षर भएर केन्द्रीय बैंकलाई बुझाउने तयारी छ । सोहीअनुसार सबै प्रक्रिया पूरा गर्न थालिएको हो ।

लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइजलाई राष्ट्र बैंकले मर्जमा जान ताकेता गर्दै आएको थियो। मर्जपछि एकीकृत बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्ने छ । लक्ष्मीको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइजको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ छ ।

लक्ष्मी बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिएन । सनराइज लामो समयदेखि सञ्चालक विवादका कारण समस्यामा फस्दै आएको छ। उसले पनि लगानीकर्तालाई लाभांश दिएन ।

लक्ष्मी र सनराइज समान हैसियत अनुपातमा मर्ज हुने भएका छन् । मर्जपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउनेछ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) छान्ने जिम्मेवारी सम्बन्धित बैंकका सिइओलाई नै दिइएको छ।

1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?