जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

प्रभु इन्स्योरेन्स लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभा आज कोटेश्वर तिनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएको छ।

सभाले शेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ। यसँगै साउन १ गतेसम्म नेप्सेमा कायम शेयरधनीले लाभांश पाउने भएका छन्।

त्यसैगरी यसअघि ५०.१५ प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय भएकोमा बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले त्यसलाई संशोधन गरी ४७ प्रतिशत हकप्रद शेयर ल्याउने प्रस्ताव पारित गरेको छ।

यसका साथै आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ।

1305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका