जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मञ्जुश्री फाइनान्सले संचालनमा ल्यायो एकैसाथ ४ नयाँ शाखा

मञ्जुश्री फाइनान्सले संचालनमा ल्यायो एकैसाथ ४ नयाँ शाखा

मञ्जुश्री फाइनान्स कम्पनीले एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्स कम्पनीले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवाबाट कारोबार सुरु गरेको हो । कम्पनीका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले उक्त शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा र विरगञ्जमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले विप्रेषण, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा प्रदान गर्दै आएको छ ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?