जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझाको डकुमेन्ट संकास्पद

बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझाको डकुमेन्ट संकास्पद

छानबिन समितिले बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको योग्यता शंकास्पद भएको निष्कर्ष प्रस्तुत गरेको छ। पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले प्रतिवेदन बुझाएको हो । समितिले ओझाद्धारा पेस गरेका कागजातमा बिमा प्राधिकरणका लागि आवश्यक अनुभव नभएको निष्कर्ष प्रस्तुत गरेको हो । निलम्बित अध्यक्ष शरद ओझाले नियुक्त हुँदा पेस गरेका कागजात ‘शंकास्पद’ रहेको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।

प्रतिवेदन अनुसार सम्बन्धित क्षेत्रको न्यूनतम अनुभव पूरा नभएको, कार्यसम्पादन कमजोर रहेको लगायत विषय उल्लेख गरिएको छ । प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । प्रतिवेदनलाई आधार बनाएर आगामी मन्त्रिपरिषद्को बैठकबाट ओझालाई बर्खास्त गर्ने सरकारको तयारी छ । त्यपछि नयाँ अध्यक्षको लागि बाटो खुल्ने छ ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?