
सहरको चिल्ला सडकहरू सुनसान हुँदैछन् । चोकहरूमा भीड पातलिँदै छ । बसपार्कहरू यात्रुहरूको हतारो व्यापाक छ । वर्षको सबैभन्दा ठूलो चाड दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लहर दिनप्रतिदिन बढ्दो छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भदौ ३१ गतेदेखि असोज १४ गते बिहानसम्म १ लाख ३५ हजार ३१६ सवारी साधनमार्फत ७ लाख ६९ हजार ५३ जना काठमाडौं छाडेका छन्।
नागढुङ्गा, भक्तपुर, साँखु, थानकोट–चित्लाङ, फर्पिङ, भिमढुङ्गा, चापागाउँ (भट्टेडाँडा) लगायत नाकाहरूबाट यात्रुहरू घर फर्किरहेका छन् ।
यात्रुको चापमा सबैभन्दा बढी भीड शनिबार र आइतबार देखिएको छ । शनिबार १८ हजार ९८१ सवारीबाट ८८ हजार ८९७ जना र आइतबार १८ हजार ६१३ सवारीबाट १ लाख ११ हजार ६३९ जना उपत्यका बाहिरिएका थिए ।
असोज १३ गते बिहान ६ बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्मको तथ्यांक हेर्दा मात्रै पनि करिब १ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
नागढुङ्गा नाका मार्फत २८ हजार ५७८ जना भक्तपुर नाका मार्फत ३० हजार ६४ जना, फर्पिङ नाका मार्फत २० हजार ५७८ जना र बाँकी नाकाहरू (साँखु, थानकोट–चित्लाङ, तिनपिप्ले, भिमढुङ्गा, चापागाउँ) हुँदै पनि हजारौं यात्रु बाहिरिएका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































