जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न भोलि कात्तिक १२ गते साधारण सभा बाेलाएकाे छ ।

बैंकको ३१ औं वार्षिक साधारणसभा भोलि बुधबार भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका