जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ट्राफिक प्रहरीले भन्यो ‘बिहिबार १०० वा १०३ मा फोन गरेर मात्र सडकमा निस्कनु’

ट्राफिक प्रहरीले भन्यो ‘बिहिबार १०० वा १०३ मा फोन गरेर मात्र सडकमा निस्कनु’

ट्राफिक प्रहरीले मङ्सिर ७ गते बिहिबार काठमाडौँ सडकमा अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ। सडकमा निस्कनु पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले यस्तो आग्रह गरेको हो। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहद्वारा र्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकोले काठमाडौं उपत्यकाभरी सवारी आवागमनमा असहजता श्रृजना हुन सक्ने भएकाले यस्तो आग्रह गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि ट्राफिक प्रहरीले जानकरी दिएको छ।

बिहिबार दुर्गा प्रसाई समुह र एमालेको युवा संघ समुहले काठमाडौँको छुट्टाछुट्टै स्थानमा प्रदर्शनको तयारी गरेको छ ।

3780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।