जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ट्राफिक प्रहरीले भन्यो ‘बिहिबार १०० वा १०३ मा फोन गरेर मात्र सडकमा निस्कनु’

ट्राफिक प्रहरीले भन्यो ‘बिहिबार १०० वा १०३ मा फोन गरेर मात्र सडकमा निस्कनु’

ट्राफिक प्रहरीले मङ्सिर ७ गते बिहिबार काठमाडौँ सडकमा अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ। सडकमा निस्कनु पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले यस्तो आग्रह गरेको हो। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहद्वारा र्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकोले काठमाडौं उपत्यकाभरी सवारी आवागमनमा असहजता श्रृजना हुन सक्ने भएकाले यस्तो आग्रह गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि ट्राफिक प्रहरीले जानकरी दिएको छ।

बिहिबार दुर्गा प्रसाई समुह र एमालेको युवा संघ समुहले काठमाडौँको छुट्टाछुट्टै स्थानमा प्रदर्शनको तयारी गरेको छ ।

960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका