जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इसेवाका सेयरधनीलाई ११२.११ प्रतिशत लाभांश

इसेवाका सेयरधनीलाई ११२.११ प्रतिशत लाभांश

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ११२.११ प्रतिशत लाभांश दिने प्रस्ताव १३औं वार्षिक साधारण सभाबाट पारित गरेको छ।
सतप्रतिशत सेयरधनीको उपस्थितिमा भएको साधारण सभाले गत आर्थिक वर्षको खुद नाफा तथा जगेडा कोषबाट चुक्ता पूँजीको ८०.५३ प्रतिशत नगद लाभांश र ३१.५८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

साधारण सभाले पारित गरे अनुसार सेयरधनीले कर प्रयोजनसहित ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश तथा १२ करोड रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षत्रीको अध्यक्षतामा भएको साधारण सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात लगायत वित्तीय विवरण पारित गरेको छ।

साधारण सभाले सुवास शर्मा र सौगात केसीलाई सञ्चालकमा पुनः निर्वाचित गरेको छ भने चालु आर्थिक वर्षका लागि पीकेएफटीआर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने गरेको छ।

अध्यक्ष क्षत्रीले कम्पनीको वित्तीय अवस्था उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप सुधार गर्दै जाने बताएका थिए। प्रमुख कार्यकारी अधिकृत जगदीश खड्‌काले कम्पनीको दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरण सुनिश्चित गर्नतिर लागेको जानकारी दिए।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका