जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा कर्जा बारे साक्षरतामूलक भिडिओ सार्वजिनक

महालक्ष्मी विकास बैंकद्वारा कर्जा बारे साक्षरतामूलक भिडिओ सार्वजिनक

महालक्ष्मी विकास बैंकले कर्जा बारे प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक गरेको छ ।

नबुझी कर्जा लिँदा भविष्यमा आइपर्ने सम्भावित जोखिमबाट बच्न र ऋणीको बैंकसँगको साझेदारी मजबुत बनाउन भिडिओले योगदान दिनेछ । कर्जा सम्वन्धी जानकारी दिन बैंकिङ्ग क्षेत्रमा पहिलो साक्षरता भिडिओ बनाएको बैंकको दावी छ ।

बैंकले तयार गरेको भिडिओ कर्जाको सहि सदुपयोग गर्न भनिएको छ । कर्जाको अवसर र जिम्मेवारी पनि व्यहोर्नु पर्ने भएकाले जे प्रयोजनका लागि बैंकबाट ऋण लिइन्छ, त्यसमै प्रयोग गर्नुपर्ने सन्देश दिइएको छ। ‘शिक्षा अथवा व्यवसाय जे प्रयोजनका लगि कर्जा लिइन्छ, त्यसकै त्यसमा नै उचित प्रयोग गर्नुपर्छ । जुन उद्देश्यको लागि कर्जा लिइने हो सोही अनुसार नै सदुपयोग गर्नुपर्छ’, भिडिओमा भनिएको छ ।

ऋणको किस्ता समयमै तिर्ने र तिर्न लाग्ने पैसाको पनि ख्याल गर्ने, खर्चमा मितव्यी र अनुशासित हुने, आम्दानी बढाउने र विभिन्न कामको थालनी गर्ने लगायतका सन्देश दिइएको छ ।

आफ्नै लापर्वाह वा कमजोरीका पनि मानिसले समयमा ऋण भुक्तानी गर्न नसकी ऋणीको कालो सचीमा पर्ने हुँदा पैसाको व्यवस्थापनमा इमान्दार र अनुशासित हुनुपर्ने जस्ता भिडिओ मार्फत जानकारी गराइएको छ ।

समयमै कर्जाको भुक्तानी गरि सुरक्षित रहनुपर्ने बैंकले जनाएको छ । समयमै कर्जा भुक्तानी गर्दा बैंकसँगको सम्वन्ध राम्रो हुनका सार्थै भविष्यमा थप साझेदारी गर्न सकिने भनिएको छ यस्तै, केन्द्रिय बैंकबाट विभिन्न सहुलियत प्राप्त सकिने पनि भिडिओ मार्फत जानकारी गराइएको छ ।

2885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्