जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण प्रतिवेदन भित्र एनआईसी एशिया बैंकका कर्जा घोटला काण्डै काण्डः दर्जनौ फाइल अनुसन्धान गर्दै सिआईबी !

राष्ट्र बैंकले गरेको स्थलगत  निरीक्षण प्रतिवेदन भित्र एनआईसी एशिया बैंकका कर्जा घोटला काण्डै काण्डः दर्जनौ फाइल अनुसन्धान गर्दै सिआईबी !

सधैं चर्चा र विवादमा फस्दै आएको एनआईसी एशिया बैंकको खराब कर्जा बढेको मात्रै छैन नाफा सबैभन्दा कम २० नम्बरमा पुगेको छ भन्दा अब फरक पर्दैन । कारण हो पूर्व सिइओ रोशन कुमार न्यौपानेको (एग्रेसिप बैकिङ्ग) माथीको कर्जा घोटला भन्दा अब चाहि फरक पर्दैन । एनआईसी एशिया बैंकमा यतिका कर्मचारी छन् की माओवादी नेता माधव नेपालकी भाञ्जी देखि प्रचण्डका प्रिय पात्र सम्म यति मात्रै होइन राष्ट्र बैंकका पियन देखि गभर्नर सम्मका आफन्ता र आसेपासेसम्म, एनआईसी एशिया बैंकका तत्कालीन, सिइओ रोशन कुमार न्यौपानेले राजीनामा दिनुको कारण राष्ट्र बैंककै निर्देशन रहेको समेत खुलेको छ ।

रातारात तीनसय भन्दा बढि शाखा खोलेर ४ हजार भन्दा बढि असक्षम र अदक्ष कर्मचारी भर्ना गरेर एग्रेसिप बैकिङ्गको नाममा अगाडी बढेको एनआईसी एशिया बैंकले बेला बखत नबिल, नेपाल इन्भेष्टमेण्ट बैंक र ग्लोबल आईएमई बैंकसँग प्रतिस्पर्धा गर्दै नक्कली नाफाको प्रतिवेदन समेत सार्वजनिक गरेको राष्ट्र बैंककै स्थलगत निरीक्षण प्रतिवेदन भित्र भेटिएको छ । गभर्नर साब हेक्का होस् ।

एउटा यस्तो कैफियत छ त्यो हो घर कर्जा देखि व्यावसायीक कर्जा दिँदा वडा कार्यालयको नक्कली (सरकारी) पत्र समेत राखीएको भेटिएको छ भने आय स्रोत एउटा व्यक्तिको फोटोकपी गरि अर्को व्यक्तिको नाम परिर्वतन गरेर कर्जा दिएको देखिन्छ ।

आर्थिक बजार न्यूजडटकमलाई प्राप्त एनआईसी एशिया बैंकको राष्ट्र बंैकले गरेको स्थलगत निरीक्षण प्रतिवेदन भित्र यति कैफियत देखाएको छ त्यो लेख्ने शब्द नै पंक्तिकारसंग छैन भन्दा अब फरक पर्दैन । एउटा यस्तो कैफियत छ त्यो हो घर कर्जा देखि व्यावसायीक कर्जा दिँदा वडा कार्यालयको नक्कली (सरकारी) पत्र समेत राखीएको भेटिएको छ भने आय स्रोत एउटा व्यक्तिको फोटोकपी गरि अर्को व्यक्तिको नाम परिर्वतन गरेर कर्जा दिएको देखिन्छ । अर्को अनौठो पक्ष के पछि भने धितो मुल्याङ्कन बढाएर कमशल जग्गामा कर्जा दिएको यसबाटै प्रस्ट देखिन्छ कर्जा घोटला कति छ भनेर । गभर्नर साब ।
अर्को डरलाग्दो पक्ष के पनि छ भने एनआईसी एशिया बैंकका सञ्चालकहरुकै कम्पनीहरुलाई घुमाउरो पाराले व्यक्ति फरक बनाएर कर्जा दिएको राष्ट्र बैंककै प्रतिवेदनमा कैफियत लेखिएको छ ।

अर्को लिलामी जग्गा सकार्ने नाममा एनआईसी एशिया बैंकले बैंककै कर्मचारीहरुको नाममा सस्तो मूल्यमा किनेर राख्ने गरेको डरलाग्दो रुप फेला परेको छ । यस माथी तत्कालै छानवीन जुरुरी देखिन्छ ।

यो कस्तो बैकिङ्ग हो गभर्नर साब हेक्का होस् । अर्को लिलामी जग्गा सकार्ने नाममा एनआईसी एशिया बैंकले बैंककै कर्मचारीहरुको नाममा सस्तो मूल्यमा किनेर राख्ने गरेको डरलाग्दो रुप फेला परेको छ । यस माथी तत्कालै छानवीन जुरुरी देखिन्छ । अर्को डरलाग्दो र बैकिङ्ग कसुर ठहरिने संचालक र कर्मचारीहरुका आफन्तालाई फिक्स डिपोजिट ब्याजदर पूरानै मितिको देखाएर पूरानै १३/१४ प्रतिशतमा दिएको देखिन्छ । यी र यस्ता सयौं बदमासी एनआईसी एशिया बैंकमा फेला परेपछि नयाँ गभर्नर डा. विश्वनाथ पौडेलकै कडा निर्देशनमा तत्कालीन सिइओ रोशन कुमार न्यौपानेले राजीनामा दिएको भेटिएको छ । यति बेला न्यौपानेकै यस्ता बदमासी मिलाउन प्रमाण नस्ट गर्न बैंकका अध्यक्ष तुलसीराम अग्रवालले नबिल बैंकका डिपुटी सिइओ सुजित कुमार शाक्यलाई बैंक भित्र्याएको एक सञ्चालकले पंक्तिकारसंग दाबी गरे । आर्थिकबजार न्यूजडटकमलाई प्राप्त राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदन भित्रका सयौं कैफियत हामी पाठक सामु पस्कदै जानेछौं । हेक्का होस् ।

बैंक भित्र नेपाली जनताको रगत र पसिनाबाट आर्जित डिपोजिट छ तर, बैंकका सिइओ र उच्च कर्मचारी आफ्‌नै सम्पत्ती जस्तो गरि बैंकलाई नोक्सानी हुने गरि काम गरिरहेको नेपाल प्रहरीको सिआईबीको दाबी छ ।

राष्ट्र बैंककै निर्देशनमा नेपाल प्रहरीको सिआईबीले एनआईसी एशिया बैंकका दर्जनौ फाइल अनुसन्धान यति बेला गरिरहेको खुलेको छ । ४ वाणिज्य बैंकका सिइओ पक्राउ गर्दैछौं भन्न सिआईबीले एनआईसी एशिया बैंकका हाकिमहरुलाई अनुसन्धानको घेराउमा राखेको भेटिएको छ । बैंक भित्र नेपाली जनताको रगत र पसिनाबाट आर्जित डिपोजिट छ तर, बैंकका सिइओ र उच्च कर्मचारी आफ्‌नै सम्पत्ती जस्तो गरि बैंकलाई नोक्सानी हुने गरि काम गरिरहेको नेपाल प्रहरीको सिआईबीको दाबी छ । सिइओ सुजित कुमार शाक्य यति बेला कर्जा उठाउने भन्दा पनि विग्रेका कर्जा मिलाउन थप कर्जा दिने काममा लागि परेको एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए । सचेत भया ।

155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?