जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डडेल्धुरामा नेसनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम

डडेल्धुरामा नेसनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताको सहभागीता थियो।

सीईओ खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ता अझ बढी व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसायसमेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारका कार्यक्रमहरु सुदूरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको र सोही क्रममा गत मंसिर ७ गते महेन्द्रनगरमा, मंसिर ८ गते धनगढीमा र मंसिर ९ गते डडेलधुरामा यो कार्यक्रम आयोजना गरिएको बताए।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्तालाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी डडेल्धुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्तालाई सीईओ खत्रीले सम्मानपत्रबाट सम्मानित गरेका थिए।

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्णदत्त पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए।

7395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?