जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ज्योति विकास बैंकको नाफा ७० करोड, वितरणयोग्य नाफा ३५ करोड

ज्योति विकास बैंकको नाफा ७० करोड, वितरणयोग्य नाफा ३५ करोड

ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ७० करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५८ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त खुद ब्याज आम्दानीमा सुधार आई १ अर्ब ९५ करोड २ लाख ६५ हजार रुपैयाँ आर्वन गरेको छ ।

त्यस्तै, बैंकको संचालन नाफा समेत आकाशिएको छ । बैंकको संचालन नाफा ९४ करोड ९७ लाख ६५ हजार रुपैयाँ रहेकोमा गत आर्थिकको सो समिक्षा अवधिमा आइपुग्दा संचालन नाफा बढेर १ अर्ब २० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्न सफल भएको छ ।

हाल बैंकको चुक्तापूँजी ४ अर्ब २६ करोड रहेको छ । वितरणयोग्य नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ८.२१ प्रतिशत लाभांश दिन सक्छ ।

समिक्षा अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ, निक्षेप संकलन५३ अर्ब रुपैयाँ, कर्जा लगानी ४८ अर्ब आर्जन गरेको छ ।

1920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका